Live Streaming

रोशन लामाको गायनमा तथा शिल्पा मास्केकाे अभिनयमा 'नक्कले' सार्वजनिक

काठमाडौँ । अभिनेत्री शिल्पा मास्केले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रोशन लामाको गायन रहेको नक्कले बोलको गीतको भिडियोमा शिल्पाले गायकसँग रोशनसँग अभिनय गरेकी हुन् ।

पनौतीमा छायांकन गरिएको यो गीति भिडियोमा नेवारी परिवेश झल्काउने सहर पनौती, नेवारी संस्कृति झल्काउने पहिरन, खानेकुरा देख्न पाइन्छ ।

नेवारी बाजागाजाको प्रयोग भएको छ। भूगोल दहालको संगीत र गोपाल रसाइलीको संगीत संयोजनमा बनेको नक्कलेमा नेवारी बाजागाजाको समेत प्रयोग भएको छ ।

गीतको शब्द रचना सबिन भट्टराई र भूगोल दहालले गरेको रमाइलो शैलीको यो रोमान्टिक गीतको भिडियोमा शिल्पालगायत अन्य कलाकारहरु नेवारी पहिरन हाकुपटासीमा सजिएर नाचेका छन् ।

मिडिया पोर्टको निर्माणमा तयार भिडियोको निर्देशन अभिषेक सुवेदीले गरेका हुन् । चिन्तनराज भण्डारीको सिनेमेटोग्राफीमा बनेको गीतको कोरियोग्राफी किरण थापाले गरेका हुन् । सम्पादन र रंगमा मंजीत लामाले काम गरेको भिडियोमा कस्ट्युम डिजाइन सुजनरत्न परियारले गरेका छन् ।