Live Streaming

चित्रकला प्रतियोगितामा छिरिङ र अखिल प्रथम

काठमाडौँ । फाउन्डेसन फर हेल्पले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा करिव ५५ वटा विद्यालयका ३९० विद्यार्थीहरुको सहभागिता रहेको थियो । विश्व वातावरण दिवस २०२४ को अवसरमा 'हाम्रो भूमि, हाम्रो भविष्य' भन्ने  नारा सहित चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका चान्सलर नरदमणि हार्ताम्छाली रहनुभ।एको थियो । प्रतियोगिताको मुल्यांकनको जिम्मेवारी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यद्वय अरुणा हिङमाङ र सौरगंगा दर्शनधारीले गर्नुभएको थियो । 

दुइ चरणमा आयोजित प्रतियोगिताको वरिष्ठ श्रेणी तर्फ  कैलाश बोधी माध्यमिक विद्यालयका कक्षा ८ का छिरिङ लामा प्रथम भएका थिए भने, द्वितीय  काठमाडौँ ग्लोबल स्कूलका कक्षा ९ का रमित भुजेल, तृतीय लोयल्टी स्कूलका कक्षा ९ का डेविड गुरुङ, चौथो स्थान गुह्येश्वरी बोर्डिङ स्कूलका कक्षा १० की परी सिंह, र पाँचौं स्थान सुर्योदय बोर्डिङ स्कूलका कक्षा १० की श्रिया गुरुङले विजेता भएका थिए । उहाँहरूले प्रमाणपत्र सहित विभिन्न पुरस्कारहरू हात पार्नुभएको थियो । 

दुइ चरणमा आयोजित प्रतियोगिताको वरिष्ठ श्रेणी तर्फ  कैलाश बोधी माध्यमिक विद्यालयका कक्षा ८ का छिरिङ लामा प्रथम भएका थिए भने, द्वितीय  काठमाडौँ ग्लोबल स्कूलका कक्षा ९ का रमित भुजेल, तृतीय लोयल्टी स्कूलका कक्षा ९ का डेविड गुरुङ, चौथो स्थान गुह्येश्वरी बोर्डिङ स्कूलका कक्षा १० की परी सिंह, र पाँचौं स्थान सुर्योदय बोर्डिङ स्कूलका कक्षा १० की श्रिया गुरुङले विजेता भएका थिए । उहाँहरूले प्रमाणपत्र सहित विभिन्न पुरस्कारहरू हात पार्नुभएको थियो । 

त्यस्तै, कनिष्ठ श्रेणी तथा नेपाल एपीएफ स्कूलका कक्षा ७ का अखिल श्रेष्ठ प्रथम भएका थिए भने,  हिमशीला बोर्डिङ स्कूलका कक्षा ७ की अंगिला के.सी. द्वितीय भएकी थिईन भने, कैलाश बोधी माध्यमिक विद्यालयका कक्षा ६ की कपोज सङमु लामा तृतीय भएका थिए भने, एकता जेम्स एजुकेशनल एण्ड टेक्निकल फाउन्डेसनका कक्षा ४ का आकाश मोक्तान चौथो भएका थिए भने, पाँचौँ स्थान काठमाडौँ न्यू क्यासल स्कूल कक्षा ७ की श्रेया पाण्डेले विजयी भगका छन् ।

त्यस्तै, प्रथम, द्वितीय र तृतीय हने विद्यार्थीहरूले क्रमश ३ हजार, २ हजार र एक हजार पुरस्कार राशी सहित गिफ्ट ह्याम्पर प्रमाणपत्र तथा मेडल प्राप्त गरेका थिए । 

जी.पी. कोइराला मेमोरियल कलेजको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा संस्थाका सह-संस्थापक उत्सव न्यौपानेले विभिन्न संस्थाहरुले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन विभिन्न तरिकाले सहयोग गरेका बताउनुभयो ।

उहाँले, 'फाउन्डेसन फर हेल्प शिक्षण सिकाइ प्रक्रियालाई रुपान्तरण गर्ने र प्रत्येक बालबालिकालाई स्वास्थ्य र शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको  बताउनुभयो ।' न्यौपानेले, 'यो संस्था समाजलाई विभिन्न सन्देशसहित उन्नति गर्न र समृद्ध बनाउन विभिन्न गतिविधिहरू सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।उक्त कार्यक्रमको संयोजन  निशा तामाङले गर्नुभएको थियो । 

त्यस्तै, जी.पी. कोइराला मेमोरियल कलेजका प्रधानाचार्य शिव प्रसाद अधिकारीले, 'विद्यालय तहका बालबालिकाको क्षमता, ऐतिहासिकता तथा कलात्मकतालाई देखाउन कलेजका विद्यार्थीहरूले चित्रकला प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।'

उहाँले आगामी दिनहरूमा पनि यस्तै किसिमका कार्यक्रमहरू मार्फत अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।